निर्वाचन आयोग जानुपूर्व महन्थ र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक बस्दै-Sutra News

निर्वाचन आयोग जानुपूर्व महन्थ र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक बस्दै

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

पछिल्लो समय विवाद बढ्दै गएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको छुट्टाछुट्टै बैठक चलिरहेको छ ।



जसपाको दुवै पक्षलाई अदालतले बोलाएपछि अदालतमा जानुपूर्व उनीहरु छुट्टाछुट्टै रुपमा बैठक बसेका हुन् ।

जसपा ठाकुर पक्षको बैठक अहिले बबरमहलमा तथा उपेन्द्र यादव पक्षको बैठक बालकुमारीमा बसिरहेको छ ।

पार्टीका अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेका थिए । तर उनको त्यो कदमलाई निर्वाचन आयोगले अझै मान्यता दिएको छैन ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई असार २२ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट