एमिकस क्युरी- विश्वासको मत नपाएको व्यक्तिलाई १ मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन-Sutra News

एमिकस क्युरी- विश्वासको मत नपाएको व्यक्तिलाई १ मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रतिनिधिसभा विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजालसमा एमिकस क्युरीका तर्फबाट राय दिएका अधिवक्ता कमल प्रकाश घिमिरेले जनताले विश्वास नगरेको मान्छे प्रधानमन्त्रीको कुर्सीमा नमिल्ने बताएका छन्’



‘प्रधानमन्त्री बन्ने मान्छे एक मिनेट पनि जनताले विश्वास गरेको मान्छे हुनपर्छ । होइन भने प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउने अधिकार छैन ।’ उनले भने ।

एमिकस क्युरीको तर्फबाट राय दिंदै अधिवक्ता राघवलाल वैद्यले विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरी प्रधानमन्त्रीमा नियुक्त गर्न नपाइने बताएका छन् ।

उनले राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको तर्क गरे ।

अहिले रिट निवेदक पक्षको बहस सकिएसँगै एमिकस क्युरीले राय दिने क्रम जारी छ । एमिकस क्युरिमा ४ अधिवक्ता चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट