प्रतिनिधिसभा विघटन – फैसला असार २८ गते !-Sutra News

प्रतिनिधिसभा विघटन – फैसला असार २८ गते !

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध परेको रिटको फैसला असार २८ गते आउने भएको छ । 



सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधानन्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते इजलास बोलाएका छन् । २८ गते फैसला आउने अदालत स्रोतको दाबी छ ।

आज एमिकस क्युरीले आफ्ना स्वतन्त्र राय दिएका थिए । राय दिनेहरुमा बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् ।

प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट