चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ, २ वर्ष कैद सजायको फैसला-Sutra News

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ, २ वर्ष कैद सजायको फैसला

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ ।



वीरेन्द्रनगर नगरपालिका –१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको विसं २०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई दुई वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट