एमालेमा ‘बादलमा चाँदीको घेरा’ : कार्यदल ब्युँताइयो, औपचारिक बैठक बस्दै   -Sutra News

एमालेमा ‘बादलमा चाँदीको घेरा’ : कार्यदल ब्युँताइयो, औपचारिक बैठक बस्दै   

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

सत्तारूढ दल नेकपा एमालेमा एकताका लागि जेठ २ गते गठन गरिएको कार्यदल ब्युँताइएको छ ।



एकताका लागि भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट ५ जनालाई समेटेर कार्यदल बनाइएको थियो ।

तर ओली समूहले कार्यदल सदस्य भीम रावललाई पार्टीको सदस्यसमेत नरहने गरी कारवाही गरेपछि कार्यदलको औचित्य समाप्त भएको थियो ।

कार्यदलमा ओली समूहका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।

कार्यदलको बैठक आजै साँझ ६ बजे बस्ने स्रोतको दाबी छ । कार्यदलका एक सदस्यले सूत्रन्यूजसँग भने, ‘बादलमा पनि चाँदीको घेरा हुन्छ । अब एकता प्रक्रियाले मूर्तरुप लिनेछ ।’

पार्टीलाई २०७५ साल जेठ २ गते फर्काएर संचालन गर्न कार्यविधि तयार गर्ने म्यान्डेटसहित बनाइएको कार्यदलको यो तेस्रो औपचारिक बैठक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट