बैंकिङ कसुरमा कलाकार राणा समातिए-Sutra News

बैंकिङ कसुरमा कलाकार राणा समातिए

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

काठमाडौं- कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।



राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ । तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

फिल्म क्षेत्रमा प्रोडक्सन म्यानेजरका रुपमा भित्रिएका राणा पछिल्लो समय कलाकार तथा निर्देशकको रुपमा परिचित रहेका छन् । ‘अन्दाज’, ‘वडा नम्बर छ’, ‘क्लासिक’लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका राणा सिरियलमा पनि देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट