सकियो एमाले कार्यदलको बैठक, वार्ता सकारात्मक रहेको सदस्यहरूको निष्कर्ष-Sutra News

सकियो एमाले कार्यदलको बैठक, वार्ता सकारात्मक रहेको सदस्यहरूको निष्कर्ष

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

एकताका लागि एमालेले गत जेठ २ गते गठन गरेको कार्यदलको औपचारिक बैठक सकिएको छ ।



सोमवार साँझ ६ बजेदेखि सिंहदरबारमा बसेको कार्यदल बैठक २ घण्टा बसेर सकिएको हो ।

मंगलवार दिउँसो एक बजे बस्ने गरी बैठक स्थगित भएको कार्यदलका एक सदस्यले सूत्रन्यूजलाई जानकारी दिए ।

आज बसेको बैठकमा आजसम्म भएका एकताका प्रयासहरूबारे छलफल गरिएको हो ।

‘वार्ता सकारात्मक छ, यसलाई हामीले निरन्तरता दिन्छौं,’ कार्यदलका ती सदस्यले भने ।

पार्टीभित्र विग्रह बढेपछि गत जेठ २ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट ५ जना राखेर कार्यदल गठन गरिएको थियो ।

पार्टीलाई २०७५ जेठ २ गते फर्काएर संचालन गर्ने कार्यविधि तयार गर्ने म्यान्डेटका साथ कार्यदलको गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट