मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।
बर्खास्त हुनेमा ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्त रहेका छन् छ।
उनीहरुलाई विद्यार्थीलाई आफूखुशी नम्बर दिएको र प्रश्नपत्र बाहिर ल्याएको भन्दै बर्खास्त गरिएको हो ।
यादवलाई आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्याएको भन्दै बर्खास्त गरिएको हो ।
उनीहरुले अक्षम्य गल्ती गरेको भएर एउटा कमिटी बनाएर छानविन गरी निष्काशन गरिएको विश्वविद्यालयले जनाएको छ ।