जसपाका दुवै पक्ष निर्वाचन आयोगमा-Sutra News

जसपाका दुवै पक्ष निर्वाचन आयोगमा

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् ।



आयोगले जसपाका दुवै पक्षलाई छलफलका लागि बोलाएसँगै उनीहरु आयोग पुगेका हुन् ।

अहिले आयोगमा महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी आइपुगेका छन् त्यस्तै अन्य नेताहरु पनि आउने क्रम जारी छ ।

हिजो उनीहरु छुट्टाछुट्टै रुपमा बैठक बसेका बसेका थिए  ।

जसपा ठाकुर पक्षको बैठक अहिले बबरमहलमा तथा उपेन्द्र यादव पक्षको बैठक बालकुमारीमा बसेको थियो ।

पार्टीका अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेका थिए । तर उनको त्यो कदमलाई निर्वाचन आयोगले अझै मान्यता दिएको छैन ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई आज बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट