जथाभावी भित्तेचित्र कोर्न पाइन्न- मेयर शाक्य-Sutra News

जथाभावी भित्तेचित्र कोर्न पाइन्न- मेयर शाक्य

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको नीति नियमलाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।



त्यस्तै उनले महानगरपालिकाको कानुन–नीति उल्लंघन गरी जथाभावी भित्तेचित्र कोर्न नपाइने उल्लेख गरे ।

नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

‘सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लंघन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’ उनले भने ।

केही दिनअगाडी ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र महानगरले मेटाएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट