चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शव काठमाडौं पठाइयो-Sutra News

चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शव काठमाडौं पठाइयो

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

काठमाडौँ । आइतबार चितवनको राप्ती नगरपालिकाको जंगलमा भेटिएको सुजिता भण्डारीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ।



उनको शव भेटीएपछी स्थानीयहरुले छानबीनका लागि भन्दै सडक अवरुद्ध गरेका थिए । सोमबार नै काठमाडौँ पठाइएको शव ट्राफिक जामका कारण पुग्न ढिला भएको प्रहरीले जनाएको छ ।

भण्डारी साथीलाई भेट्न जान्छु भनेकै दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । 

उनको मृत्यु हत्या या आत्महत्या हो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गर्दै छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट