निर्वाचन आयोगमा जसपा नेताहरूको आग्रह – हामीहरू मिल्दैनौं, छुट्याइदिनुस्-Sutra News

निर्वाचन आयोगमा जसपा नेताहरूको आग्रह – हामीहरू मिल्दैनौं, छुट्याइदिनुस्

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

जनता समाजवादी पार्टीका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै समूहले निर्वाचन आयोग पुगेर आफूहरूलाई छुट्याइदिन आग्रह गरेका छन् ।



यसअघि यादव पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । सोही निवेदनउपर आयोगले आज दुवै समूहका नेताहरूलाई छलफलका लागि आयोगले बोलाएको थियो ।

छलफलमा छुट्टिएर जाने कुरा भएको ठाकुर पक्षका अनिलकुमार झाले सञ्चारकर्मीहरूलाई बताए ।

‘एउटा माइन्युट छ, त्यहाँ सबैको हस्ताक्षर छ । अनि हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार अगाडि जाने भन्ने निर्णय पनि छ । कसरी अगाडि जाने भन्ने कुरा त आयोगले निर्णय गर्ला ।’

झाले आफूहरू अन्तिम समयसम्म पनि मिलेरै जाऔं भन्ने दिशामा रहेको तर उपेन्द्र यादव पक्षले मिल्न नसकिने भनेपछि छुट्टिने विकल्पमा जानुपरेको बाध्यता सुनाए ।

‘हामीले त सहमतिमा अगाडि बढौं, कुनै विमती छ भने छलफल गरौँ भनेकै थियौं । उहाँहरू मान्नुभएन,’ झाले थपे ।

उनले उपेन्द्र यादव समूहलाई सरकारमा गएर हण्डी खाएकोसमेत आरोप लगाए । ‘जसले केपी ओलीको सरकारमा गए, वर्षौंसम्म हण्डी खाए र पार्टी खतम हुन लागेको बेला हामी गएर बचाइदियौ, उनीहरूले पो आत्मालोचना गर्नुपर्ने हो,’ झाको तर्क छ ।

यादवको पार्टी खत्तम हुन लागेको बेलामा एकता गरेर आफूहरूले बचाइदिएको दाबीसमेत झाले गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट