सवारीसाधनमा जरिवाना नलिइने-Sutra News

सवारीसाधनमा जरिवाना नलिइने

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।



कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट