उत्कृष्ट १२ का साथमा ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश-Sutra News

उत्कृष्ट १२ का साथमा ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

काठमाडौं- उत्कृष्ट १२ का साथमा ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश गरेको छ ।  ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करण लाइभ राउण्डमा प्रवेश गरेको हो । कार्यक्रम उत्कृष्ट बाह्रको चरणमा पुगिसकेको छ । ‘रियालिटी शो’को ढाँचामा सञ्चालित दि भ्वाइस अफ नेपालमा अब सुरु हुने लाइभ राउण्डदेखि दर्शकको भोटिङले विशेष महत्व राख्छ ।



पछिल्ला संस्करणका अनुभवअनुसार हरेक हप्ता प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन दर्शकद्वारा असंख्य भोट प्राप्त हुने आयोजकले जानकारी दिएका छन् । प्रतिस्पर्धीहरुलाई नेपालका साथै विदेशबाट समेत उत्तिकै भोट प्राप्त हुने गरेको छ । यसबाट तिनको लोकप्रियता नेपालका साथै, विदेशमा समेत ब्यापक रहेको पुष्टि हुन्छ ।

यही कारण प्रतिस्पर्धाबाट बाहिरिएका तथा प्रतिस्पर्धामा अगाडि बढी रहेका कलाकारलाई विदेशमा कार्यक्रमका लागि समेत प्रशस्त प्रस्ताव आइरहेका छन् । बाहिरिएका प्रतिस्पर्धीहरुले अहिले प्राप्त लोकप्रियताको उपयोग गर्दै आफ्नै तथा लोकप्रिय गीतका कभर भर्जनपनि प्रस्तुत गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट