सुजिता प्रकरणले प्रमुख जिल्ला अधिकारीलाई तनाब, प्रदर्शन शान्त पार्न कर्फ्यु आदेश जारी-Sutra News

सुजिता प्रकरणले प्रमुख जिल्ला अधिकारीलाई तनाब, प्रदर्शन शान्त पार्न कर्फ्यु आदेश जारी

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

काठमाडौं- सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै चितवनको राप्ती नगरपालिकाका स्थानीयले प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।



चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका १ लोथरपुलदेखि वडा नं ४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म कर्फ्यु लगाइएको जानकारी दिएका छन् ।

लामिछानेले भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा नीजि सम्पत्ति र संरचना तोडफोड, आगजनी र हुलदंगा गरी सार्वजनिक शान्ति भंग हुने अवस्था आएकाले कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

उनले आदेशको अवज्ञा गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्ने र एक महिना कैद वा जरिवाना साथै दुवै सजाय समेत हुन सक्ने बताए ।  असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट