रातमा निद्रा लाग्दैन भने कुनै चिन्ता छैन, अपनाउनुस् यी उपाय-Sutra News

रातमा निद्रा लाग्दैन भने कुनै चिन्ता छैन, अपनाउनुस् यी उपाय

बुधबार, २३ असार २०७८

बुधबार, २३ असार २०७८

दिनभरको भागदौड, तनाव तथा धेरै काम गर्नुपर्नाका कारणले धेरै मानिसलाई रातमा राम्रो निद्रा नपर्ने समस्या हुन्छ । तर पर्याप्त निद्रा नपर्नु विभिन्न खाले रोगको कारक बन्ने अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् ।



जो मानिसहरु रातमा केवल ५।६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ । त्यसैले कम्तीमा रातमा ७।८ घण्टा सुत्नुपदछ । तर कतिपय मानिसहरु सुत्न चाहँदा चाहँदै पनि रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यसरी रातमा निद्रा नलाग्ने समस्या हटाउन यसो गर्न सकिन्छः

 –रातमा सुत्नुभन्दा पहिले कफी नपिउनुहोस् । यसमा भएको क्याफाइन तत्वले मस्तिष्कलाई सक्रिय बनाइदिन्छ । जसका कारण निद्रा पर्दैन ।

– रातमा सुत्नुभन्दा एक घण्टा पहिले हल्का व्यायाम गर्नुहोस् । यसले मांशपेशीलाई सक्रिय बनाउँदछ र रातमा निद्रा नलाग्ने समस्या कम हुन्छ ।

–बेडरुमलाई सफाचट राख्नुहोस् । सुत्ने कोठाको तापक्रम सन्तुलित बनाउनुहोस् । निद्रा लागेन भने रातमा मधूर संगीतको ध्वनी लगाएर तथा हल्का प्रकाशयुक्त बत्तीको प्रयोग गरेर ओछ्यानमा पल्टिनुहोस्, विस्तारै निद्रा आउँछ ।

 –रातमा सुत्नुभन्दा पहिले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा टेलिभिजन जस्ता विद्युतीय सामानको प्रयोग नगर्नुस् ।

 –सुत्नुभन्दा अघि नियमित रुपमा एक गिलास तातो दुध पिउने गर्नुहोस् । यसले रातमा मीठो निद्रा जगाइदिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट