काठमाडौं- नेकपा एमालेमा जारी विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता चलिरहेको छ । २ घण्टा बढी समयदेखि नक्सालस्थित होटल मेरियटमा वार्ता चलिरहेको छ ।
नेता भीम रावल पनि मेरियट पुगेका छन् । पार्टी अध्यक्ष र वरिष्ठ नेताले बोलाएर आफू आएको प्रतिक्रिया रावलले दिएका छन् । उनले भने, ‘सहमतिका लागि केही बुँदा सच्याउनु पर्ने खबर आएपछि यहाँ आएको हुँ ।’
ओली–नेपाल वार्तास्थल मेरियटमा सुरक्षा व्यवस्था कडा, पत्रकारलाई केरकार
आजै संयुक्त वक्तव्य निकालिने भएपछि मेरियटमा जम्मा भए एमाले नेताहरू
ओली र नेपालबीचको वार्तामा अरू को-को सहभागी छन् ?