नक्सालस्थित एक होटेलमा भएको वार्तामा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच कुरा मिल्न सकेन ।
बुधवार साँझ भएको भेटवार्तामा कुरा नमिलेको स्रोतले जानकारी दियो ।
नेता नेपालले या त प्रधानमन्त्री रहनू या त पार्टी अध्यक्ष रहनू भनेर गरेको प्रस्तावमा ओलीले ‘नो’ भनेको स्रोतको दाबी छ ।
ओलीकै कारण कुरा नमिलेको माधवकुमार नेपाल पक्षका एक नेताले सूत्रन्यूजलाई बताए । यससँगै एमालेको एकता थप जटिलतामा पुगेको छ ।
गत जेठ २ गते ओली पक्षबाट ५ र नेपाल पक्षबाट ५ जना गरी १० जनाको विवाद समाधान कार्यदल गठन भएको थियो ।
कार्यदलका सदस्यहरूले बनाएको मस्यौदालाई ओली र माधव दुवैले अस्वीकार गरेका छन् ।