एमाले कार्यदलको बैठक बस्दै, सहमतिलाई अन्तिम रूप दिने तयारी-Sutra News

एमाले कार्यदलको बैठक बस्दै, सहमतिलाई अन्तिम रूप दिने तयारी

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

काठमाडौं- नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । बुधबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसके पनि कार्यदलले छलफललाई निरन्तरता दिन लागेकाे हाे ।



कार्यदलका एक सदस्यकाअनुसार बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक बस्दै छ । ती सदस्यले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला भए पनि कार्यदलमा आज सहमति हुन सक्ने बताए ।

सहमति जुटाउने प्रयास रहेकाे भन्दै हल्लाको कुनै अर्थ नरहेको उनले स्पष्ट पारे । ‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ’ उनले भने ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट