पाल्पा पहिरो- एक जनाको मृत्यु, ५ घर बगायो-Sutra News

पाल्पा पहिरो- एक जनाको मृत्यु, ५ घर बगायो

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

अविरल वर्षाका कारण गएको पहिरोका कारण पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।



त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा ४ वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।

पहिरोले आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ रमेश परिया र नरबहादुर रानाको घर बगाएको प्रहरीले जनाएको छ ।  

पहिरोका कारण सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट