चालकले गाडी छोडेर भागे, प्रहरीले हेर्दा १२० किलो गाँजा भेट्टायो-Sutra News

चालकले गाडी छोडेर भागे, प्रहरीले हेर्दा १२० किलो गाँजा भेट्टायो

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

प्रहरीले करीब १२१ किलो अवैद्य लागुऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।



हेटाँैडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए ।

शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखेको अवस्थामा १२० किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार रहेका चालकको खोजीकार्य तीव्र पारिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट