नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको झालझेलमा पर्न नहुने बताएकी छन् ।
एमाले एकताको मुखमा पुग्दा उनले यस्तो बताएकी हुन् ।
बिहीबार सामाजीक संजालमा लेख्दै उनले भनेकी छन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न।झुक्किनु हुदैन।’
त्यस्तै उनले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य शर्त भएको उल्लेख गरेकी छन् ।