एमाले एकता अन्तिम चरणमा पुगेको नेता विष्टको दाबी-Sutra News

एमाले एकता अन्तिम चरणमा पुगेको नेता विष्टको दाबी

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकर्ण विष्टले एमालेको एकता नजिकको विन्दुमा पुगेको बताएका छन् ।



सिंहदरबारमा एमाले कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दा नेता विष्टले यस्तो बताएका हुन् ।

नेता विष्ट माधव कुमार नेपाल पक्षका नेता हुन् ।

अहिलेको लागि कार्यदलको बैठक स्थगित भएको छ ।

बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

बैठक पुन: सात बजे बस्ने भएको छ ।

माधव कुमार नेपाल पक्षका संयोजक भीम रावल कोटेश्वर गएपछि आजको बैठक एक घण्टा ढिला सुरु भएको थियो ।

एमाले कार्यदलको बैठक यो भन्दा अगाडी दुईपटक बसिसकेको छ ।

एमालेमा विग्रह बढ्दै गएर फूटको संघारमा पुगेपछि गत जेठ २ गते अध्यक्ष ओली र नेता नेपालका ५/५ प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा ओली समूहका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।

बीचमा ओलीले कार्यदलका सदस्य रावललाई पार्टीबाट नै निष्कासन गर्ने गरी कारवाही गरेपछि कार्यदलको औचित्य समाप्त भएको थियो । तर कार्यदलका सदस्यहरू अनौपचारिक भेटवार्तामा भने थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट