नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने-Sutra News

नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। 



मन्त्रिपरिषदको बैठकले नेताको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । 

मुख्यसचिव शंकरदास वैरागीले अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानीको व्यवस्था गर्ने गरी भुक्तानीको व्यवस्था गर्ने जनाएका छन् ।

यसअघि नेकपा एमालेको बैठकले नेता खनालको उपचार खर्च पार्टीले व्यहोर्ने बताएको थियो ।

स्वास्थ्यमा थप समस्या भएपछि नेता खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट