दार्चुलामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु-Sutra News

दार्चुलामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

अविरल वर्षाका कारण दार्चुलामा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ।



जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका-३ ज्यामिरेमा हिजो राती आएको पहिरोका कारण ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको हो । त्यस्तै सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको छ ।

पहिरोका कारण दुई घर पुरिएको छ भने झोलुंगे पुल पनि क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट