सुजिता प्रकरण- अभियन्ता आएर अनुसन्धानमा अवरोध पुर्याउन खोजेको प्रहरीको भनाई-Sutra News

सुजिता प्रकरण- अभियन्ता आएर अनुसन्धानमा अवरोध पुर्याउन खोजेको प्रहरीको भनाई

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ ।



सो अवसरमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, “हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ ग¥यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको उनले बताए । उनले भने, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।”

बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ । उनले भने,“अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।” घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उनको भनाइ छ ।

भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ ।

 “शव भेटिए देखि नै अनुसन्धानको कामलाई अप्ठ््यारोमा पार्ने काम भएको छ”, उनले भने “शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट