नेकपा एमालेले कर्णाली प्रदेशको संसद् बैठक फेरी अवरुद्ध गरेको छ ।
एमालेले आज अवरुद्ध गरेको बैठकसहित कर्णालीमा एमालेको कारण जम्मा सात वटा बैठक अवरुद्ध गरिसकेको छ।
हालसम्म कर्णालीमा सरकार र एमालेबीच सहमति जुट्न नसक्दा बजेटमाथिको छलफल सुरु नै भएको छैन। एमालेले आफ्नो माग पुरा नगरेको कारण संसद बैठक अवरुद्ध गर्दै आएको बताएको छ ।
केन्द्रमा एमाले दुई पक्षमा विभाजित भएसँगै त्यसको असर प्रदेशहरुमा पनि पर्न थालेको छ ।