केराका फाइदा के-के हुन् ?-Sutra News

केराका फाइदा के-के हुन् ?

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

केरा लोकप्रिय फल मध्ये एक हो । पाकेको र काँचो केरा दुवैले फाइदा गर्छ ।



-केराले माटोपनलाई नियन्त्रण गर्छ । दिनहुँ कसरत गर्नुभन्दा ३० मिनेट अगाडि केरा खानुपर्छ । यसले व्यायाम गर्दा शक्ति प्राप्त हुन्छ । यसका साथै केराले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।

-महिनावारी भएको समयमा हुने दुखाई केरा खानाले ठिक हुन्छ । महिनावारी भएको समयमा हुने दिक्दारीपनबाट केराले छुट्कारा दिन्छ ।

-प्रत्येक दिन केरा खानाले रक्तअल्पता हुनबाट बचिन्छ । केरामा प्रशस्त मात्रामा  आइरन पाइन्छ जसले रक्तअल्पताको जोखिमलाई न्युनिकरण गर्छ ।

-केरामा प्रयाप्त मात्रामा पोटासियम पाइन्छ जसले दिमागलाई ताजा बनाइ राख्छ । विशेषगरी बालबालिकालाई केरा खान दिनुपर्छ ।

-धुम्रपान खान छोड्न चाहानेलाई पनि केराले फाइदा गर्छ । केरा खाएपछि बारम्बार धुम्रपान गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ ।

-काँचो केरा प्रतिरोधी स्टार्चको राम्रो स्रोेत हो । त्यसैले इन्सुलिन संम्वेदनशीलतामा सुधार गर्न मद्दत गर्छ ।

-कम्तिमा हप्तामा ३ वा ४ दिन दैनिक केरा खाएपछि मिर्गौला रोगको जोखिमलाई ५० प्रतिशत कम गर्छ ।

-केरा खानाले व्यायाम गर्दा माशंपेशी बाँउडिने समस्यालाई कम गर्छ र   

-केरामा भएको फाइबर र एन्टिअक्सिडेन्टले व्यक्तिको पाचन प्रक्रिया र मुटुलाई राम्रो गर्छ ।

                                                                                      दैनिक भास्करबाट अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट