भदौमा १४ औं महाधिवेशन हुनेमा ढुक्क छैनन् महामन्त्री कोइराला-Sutra News

भदौमा १४ औं महाधिवेशन हुनेमा ढुक्क छैनन् महामन्त्री कोइराला

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेमा शंका व्यक्त गरेका छन् । महाधिवेशन मिति आगामी भदौ १६–१९ लाई तोकिएको छ । बिहीबार काठमाडौंस्थित अनुपम फुडल्याण्डमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूको भेलामा महामन्त्री कोइरालाले यस्तो शंका व्यक्त गरेका हुन् ।



विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै कोइरालाले असारभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशनप्रति आशंका पैदा हुने बताउँदै क्रियाशील सदस्य छिटो टुंग्याउनको निम्ति आफूहरुले भरमग्दुर प्रयास गरेको बताए ।

महाधिवेशन नहुने 'भय' मा कांग्रेसको पौडेल पक्ष, देउवामाथि चरम अविश्वास महाधिवेशन नहुने ‘भय’ मा कांग्रेसको पौडेल पक्ष, देउवामाथि चरम अविश्वास

‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि ! यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा । ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरू आएको छ त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैनँ कि टाइममा मै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशीलको छिटो टुंग्याउँ भनेर,’उनले भने ।

महाधिवेशन तोकिएकै मितिमा हुनेमा यसअघि पौडेलले पनि शंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट