काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दोस्रो पटक बैठक बसेको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न कार्यदलको अहिलेको बैठकमा मस्यौदा पेश गरेर छलफल गर्ने नेताहरुले बताएका छन् । आजै बिहान बसेको बैठकमा तयारी नपुगेको भन्दै आधा घण्टामै स्थागित भएको थियो ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल सहभागी रहेका छन् ।
नेताहरुका अनुसार आजको बैठकमार्फत पार्टी एकतालाई निष्कर्षमा पुर्याउने प्रयास हुनेछ । फाइल तस्बिर