काठमाडौं- नेकपा एमाले कार्यदलको बैठक विनानिष्कर्ष सकिएकाे छ । सहमतिको प्रयासस्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए । ‘हामी १० दिनदेखि खास प्रगति गरेका छैनौं’, उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं । अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ । विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन । ’
नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निष्कर्ष निकाल्ने बताए । उनले भने, ‘भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ ।’ फाइल तस्बिर