नायिका जेनी कुवँरले गरिन् आत्महत्या-Sutra News

नायिका जेनी कुवँरले गरिन् आत्महत्या

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

काठमाडौं- कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन् । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामाकाअनुसार कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।



उनी अनामनगरस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन् । 

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् । उनी ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट