वर्षायाममा लाग्ने यी रोगबाट कसरी बच्ने ?-Sutra News

वर्षायाममा लाग्ने यी रोगबाट कसरी बच्ने ?

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

काठमाडौं- वर्षायाममा विभिन्न रोगहरू लाग्ने गर्छ । तर,हामीले विशेष सावधानी अपनायौं भने रोगबाट बच्न सकिन्छ । 



रुघाखोकी

रुघाखोकी मौसम परिवर्तनसँगै वातावरणमा रहेका किटाणुका कारणले हुने गर्छ । किटाणुहरु हावा र पानीको सहायताले एक ठाउँबाट अर्को ठाउँमा फैलिने हुन्छन् । रुघाखोकीबाट बच्न हामीले सरसफाईमा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ । खाना खानुपूर्व साबुन पानीले हात धुने, बासी खाना नखाने, ताजा फलफूलमा जोड दिने, वर्षाको पानीमा नभिज्ने, भिजीहालेमा तुरुन्त कपडा बदल्ने, घरबाहिरको खाना नखाने, भिडभाडबाट टाढा रहने र मास्क अनिवार्य लगाउने गर्नुपर्छ ।

लामखुट्टेबाट सर्ने रोग

याे रोग लागेपछि जोर्नी दुखाईकासाथै तीव्र रुपमा ज्वरो पनि आउँछ । यससँगै व्यक्तिलाई वान्ता र टाउको दुखाई पनि हुन्छ । डेंगू भएमा सुरुमा अत्यधिक ज्वरो आउँछ । यसकासाथै टाउको दुख्ने र आँखाको पछाडि दुखेको महसुस हुन्छ । चिकनगुनियामा जोर्नि दुखाई अत्यधिक हुन्छ । तर दुवै रोगमा सुरुको दुई वा तीन दिनमा ज्वरो अत्यधिक आउने हुन्छ । टाउको दुखाई, ज्वरो, थकावट, जोर्नी दुख्ने यसका लक्षण हुन् । यसबाट बच्न घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । घरमा भएका गमला, कूलर, टायरमा धेरै दिनसम्म पानी जम्न दिनुहुँदैन । धेरै समयसम्म पानी जम्दा लामखुट्टे आउँछन् ।

मलेरिया

अत्यधिक टाउको दुख्ने, तीव्र रुपमा ज्वरो आउने र थरथर काँप्ने मलेरियाका लक्षण हुन् । यसपछि निश्चित समयपछि ज्वरो आउने गर्छ । यस्ता लक्षण देखिएपछि तुरुन्त चिकित्सकहाँ जचाँउन जानुपर्छ । मलेरिया एनोफिलीज महिला लामखुट्टेको टोकाईबाट हुन्छ । यसले टोक्दा यसमा भएका मलेरियाका किटाणु हाम्रो शरीरभित्र पस्छन् । हाम्रो शरीरभित्र गएको १४ दिनपछि अत्यधिक ज्वरो आउँछ । एनोफिलीज लामखुट्टे वर्षातको समयमा बढी भेटिन्छ । थरथर काँप्ने ज्वरो आउने, जाडो हुने, टाउको दुखाई र वान्ता यसका लक्षण हुन् । यसबाट बच्न बच्न लामखुट्टेलाई भगाउने मेसिन तथा औषधिको प्रयोग गर्नुपर्छ । घरआगँन वरिपरी पानी जम्मा हुन दिनुहुँदैन । पानी जम्मा भएको ठाउँमा किटनाशक औषधिको प्रयोग गर्नुपर्छ ।

हेपटाइटिस ए

वर्षातको समयमा हेपटाइटिस ‘ए’ हुने सम्भावना बढी हुन्छ । हेपाटाइटिस ‘ए’ एक संक्रामक रोग हो । हेपटाइटिस ‘ए’ भनेको फोहार पानीबाट सर्ने वा साधारण जन्डिस देखिने हेपाटाइटिस हो । यो रोगको किटाणु दुषित खानेकुरा र नउमालेको वा बिना फिल्टरको पानी पिउँदा हाम्रो शरीरभित्र जान्छन् ।  हलुका ज्वरो आउनु, भोक हराउने, थकावट महसुस हुने, निन्द्रा अधिक लाग्नु र आँखा, नङ पहेंलो हुनु यसका लक्षण हुन् । यसबाट बच्न सरसफाईमा विशेष ध्यान दिने, नियमित पानी उमालेर वा फिल्टर गरेर खाने, घरबाहिरको खानेकुरा नखाने र सार्वजनिक शौचालय ध्यानपूर्वक र सावधानीका उपाय अपनाएर प्रयोग गर्नुपर्छ ।

टाइफाइड

टाइफाइड ज्वरो वर्षातको समयमा बढी हुनसक्छ । यो साल्मानेला टाइफी ब्याक्टेरियाका कारणले हुन्छ । फोहोर खाना तथा फोहोर पानी पिउनाले टाइफाइड हुन्छ । यसकासाथै संक्रमितको सम्पर्कमा आएपछि पनि टाइफाइड हुने गर्छ ।
टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो, भोक हराउने, कब्जियत र डायरिया हुुनु यसका लक्षण हुन् । यसबाट बच्न हामीले उमालेको वा फिल्टर पानी पिउनुपर्छ, घर बाहिरको खाना खानुहुन्न, खानेकुरा छोपेर राख्नुपर्छ, दिनमा ३ देखि ४ लिटरसम्म पानी पिउनुपर्छ र फलफूलको जुस नरिवल पानी, झोलिलो खानेकुरामा बढी जोड दिनुपर्छ ।

फंगस

फंगस हावामा रहन्छ । हामीले यसलाई हाम्रो बेड वा तन्नामा कालो रुपमा देख्न सक्छौं । यो फंगस हाम्रो नाकको माध्यमबाट हाम्रो शरीरभित्र गएपछि रोग तीव्र रुपमा फैलिने सम्भावना हुन्छ । यसबाट बच्न खानेकुरा ढाकेर राख्नुपर्छ, चिसोकुरा खानबाट बच्नुपर्छ र धेरै तरल खानेकुरा खानुहुन्न । अनुवाद दैनिक भास्करबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट