शिक्षामन्त्रीलाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र-Sutra News

शिक्षामन्त्रीलाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

सुर्खेत- जातीय विभेदलाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै दबाब स्वरुप कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।



कलाकार तथा पत्रकार रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई प्रहरी हिराशतबाट छुटाएर आफ्नै गाडीमा राखेर घर पुर्याउने मन्त्री श्रेष्ठको देशभर चर्को आलोचना भइरहेको छ ।

सोही विषयमा देशभर आन्दोलन चर्किरहेका बेला कर्णाली प्रदेशको दलित मुक्ति अभियानले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएर जातीय विभेद अन्त्य गर्न ध्यानाकर्षण गराइएको अभियानका सचिव रमेश परियारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट