चीनबाट ८ लाख डोज भेरोसेल खोप ल्याइँदै-Sutra News

चीनबाट ८ लाख डोज भेरोसेल खोप ल्याइँदै

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

काठमाडौं- सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिन नेपाल वायुसेवा निगमको वाइडबडी बिहीबार साँझ चीनको बेइजिङ पुगेको छ । निगमकाअनुसार चालकदलका १२ सदस्यसहित गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ । तर मौसम प्रतिकूलताका कारण केही ढिलाइ हुने बताइएको छ ।



पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ३० लाख डोज खोप खरिदको सम्झौता भएको छ । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ ।

निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ । चीन जानुअघि निगमको वाइडबडीले बिहीबार बिहान इजरायलबाट करिब १८ टन स्वास्थ्य सामग्री चार्टर गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट