काठमाडौं- कोभिड-१९ विरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमकाअनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको ८ लाख डोज खोप नेपाल आइपुगेको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग भेरोसेल खोपको ४० लाख डोज खरिदको सम्झौता गरे अनुरुप पहिलो चरणमा ८ लाख डोज खोप ल्याइएको हो ।