नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
लगातार बस्दै आएको एमाले कार्यदलको बैठक आज साढे ११ बजे सिंहदरबारमा बस्ने छ ।
आजको बैठकले सहमतिसहित निष्कर्ष दिने नेता नेम्वाङले जानकारी दिए ।
कार्यदलको बैठक निरन्तर रुपमा बसिरहे पनि अहिलेसम्म नेताहरु निश्कर्षमा पुग्न सकेका छैनन् ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।
आजको बैठकले केही निश्कर्ष निकाल्ने नेताहरुले बताएका छन् ।