माओवादी केन्द्रले कारबाही गरेका नेताहरु आज पनि निर्वाचन आयोग जाँदै-Sutra News

माओवादी केन्द्रले कारबाही गरेका नेताहरु आज पनि निर्वाचन आयोग जाँदै

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

काठमाडौँ । नेकपा माओवादी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका माओवादी छोडेर एमालेमा लागेका नेताहरु आज निर्वाचन आयोग जाने भएका छन् ।



आज मणि थापा लगायतका नेताहरु आफूले हालेको निवेदनमाथि केके काम भएको छ भनेर बुझ्नका लागि निर्वाचन आयोग जान लागेका हुन् ।

अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।

‘राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ७ मा दलको दर्तासम्बन्धी ऐनको (१) मा कुनै दलले यस ऐन बमोजिम दल दर्ता गराउन चाहेमा त्यस्तो दलको कार्यकारी समितिका सबै पदाधिकारीहरुले हस्ताक्षर गरी दलको दुईप्रति विधान संलग्न गरी आयोगसमक्ष निवेदन दिनुपर्नेछ,’ निवेदनमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट