बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान- प्रधानमन्त्री ओलीको भूमिकाबारे काँग्रेसले उठायो प्रश्न-Sutra News

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान- प्रधानमन्त्री ओलीको भूमिकाबारे काँग्रेसले उठायो प्रश्न

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको विषयमा प्रधानमन्त्री ओलीको भूमिकाबारे काँग्रेसले प्रश्न उठाएको छ।



उक्त विवादमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदेखाएको आरोप लगाएको छ ।

शुक्रबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा नेपाली कांग्रेस सार्वजनिक रुपले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गर्दछ ।’

विभिन्न कारणले प्रतिष्ठानको अवस्था खस्किरहेको भन्दै चिकित्सक, कर्मचारी र विद्यार्थीले लामो समयदेखि आन्दोलन गरिरहेका छन् भने पदाधिकारीको राजीनामा मागेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट