नेकपा एमालेको विवाद हल गर्न गठन गरिएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
आजको कार्यदलको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुनेछ ।
हिजो बसेको कार्यदलको बैठकमा विष्णु पौडेल अनुपस्थित भएको कारण मुख्य विषयवस्तुमा छलफल हुन् सकेको थिएन ।
कार्यदलको बैठक निरन्तर रुपमा बसिरहे पनि अहिलेसम्म नेताहरु निश्कर्षमा पुग्न सकेका छैनन् ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।
आजको बैठकले केही निश्कर्ष निकाल्ने नेताहरुले बताएका छन् ।