रौतहटमा २ पक्षबीच झडप- १ जनाको मृत्यु, ८ मोटरसाइकलमाथि आगजनी-Sutra News

रौतहटमा २ पक्षबीच झडप- १ जनाको मृत्यु, ८ मोटरसाइकलमाथि आगजनी

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

रौतहटमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।



पुरानो विवादका विषयमा गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको हो ।

झडप देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको बताइएको छ ।

घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

विवादमा घर तोडफोड हुनुका साथै ८ मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट