आज यी नदीहरुमा बाढीको संभावना, सतर्क रहन आग्रह-Sutra News

आज यी नदीहरुमा बाढीको संभावना, सतर्क रहन आग्रह

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

जल तथा मौसम विज्ञान विभागले आज तिनाउ, बबई लगायतका नदीहरुमा बाढी आउन सक्ने भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।



देशमा भएको अविरल वर्षासँगै बाढीको संभावना रहेकोले विभागले सतर्कता रहन आग्रह गरेको हो ।  

त्यस्तै ती नदीहरुका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा पनि ध्यान दिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट