कसले गर्यो हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या ?-Sutra News

कसले गर्यो हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या ?

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ता  गरेको प्रहरीले बताएको छ ।



उनको हत्या गर्ने टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका दुई अमेरिकी हमलाकर्ता समावेश रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्  । दुई अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको बताइएको छ ।

बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासामू सार्वजनिक गरेका थिए । उनीहरुको अगाडि हतियार, कोलम्बियाली पासपोर्ट र अन्य प्रमाण राखिएको थियो ।

गत् बुधबार बिहान केही बन्दुकधारीले ५३ वर्षका राष्ट्रपति मोइजलाई उनकै निवासमा छिरेर गोली हानेर हत्या गरेका थिए । राष्ट्रपतिको पिठ्यँमा १२ वटा गोली लागेको थियो र उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट