श्रीमान नभएको बेलामा आत्महत्या गरेकी नायिका जेनी कुँवरको सुसाइड नोटमा के छ ?-Sutra News

श्रीमान नभएको बेलामा आत्महत्या गरेकी नायिका जेनी कुँवरको सुसाइड नोटमा के छ ?

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन् । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामाका अनुसार कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।



उनको कोठामा सुसाइड नोट पनि भेटिएको छ । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफू डिप्रेसनको शिकार भएको तथा आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ उल्लेख गरेकी छन् ।

उनले नोटमा आत्महत्या अरुको कारणले नभई आफ्नै कारणले गरेको बताएकी छन् ।

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्या गरेकी हुन् ।

उनी अनामनगरस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन् । 

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् । उनी ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट