कैलाली । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएको तथ्य बाहिर आएको छ ।
अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।
भिडियोमा उनीहरुले आफ्नो अन्तरजातीय विवाह गरेको र आफ्नो परिवारले अस्वीकार गरेकोले आफूहरु जंगलमा लुक्न बाध्य भएको बताएका छन् ।
उनीहरुले आफूलाई सहयोग गर्नका लागि अपील गरेका छन् ।
“हामी भागेर जंगलमा बसिरहेका छौं”
कैलालीका भजनी नगरपालिका-४ भलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण भाग्दै जंगलमा बसिरहेको भिडियो सार्वजनिक भएको छ । उहाँहरुले जीवन रक्षाको लागि सहयोगको अपेक्षा गर्नुभएको छ । प्रकाशको आफन्तबाट प्राप्त भिडियो@NepalPoliceHQ pic.twitter.com/BjF7bA1Ogo— J B Biswokarma (@JBBiswokarma) July 9, 2021