नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कदमप्रति माओवादीले आपत्ति जनाएको उल्लेख गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दिएका थिए।
‘संविधान, कानुन, विधि, विधानविपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग, नेता कार्यकर्ता र शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।