क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा ७ नेपाली बेपत्ता-Sutra News

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा ७ नेपाली बेपत्ता

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली बेपत्ता भएका छन्।



बेपत्ता हुनेमा दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा रहेको बताइएको छ।

उनीहरु मेक्सिको सीमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न हिँडेका थिए ।

अवैद्य ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट