नेकपा माओवादी केन्द्रका पुर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।
शुक्रबार दल खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको बारेमा बुझ्न जाने क्रममा माओवादीनचलेर भूमिगत र छापामार शैलीमा चलेको आरोप लगाएका हुन् ।
त्यस्तै उनले २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएकोसमेत बताए ।
निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुगेका थिए ।
निर्वाचन आयोगमा माओवादी केन्द्रको खारेजीको निवेदन परेको छ ।