नायिका जेनी कुवँरको पशुपति आर्यघाटमा अन्त्येष्टी-Sutra News

नायिका जेनी कुवँरको पशुपति आर्यघाटमा अन्त्येष्टी

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

हिजो बिहीबार राति आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी नायीका जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।



उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायत उपस्थित रहेका थिए ।

उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।

उनको कोठामा सुसाइड नोट पनि भेटिएको छ । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफू डिप्रेसनको शिकार भएको तथा आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ उल्लेख गरेकी छन् ।

उनले नोटमा आत्महत्या अरुको कारणले नभई आफ्नै कारणले गरेको बताएकी छन् ।

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्या गरेकी हुन् ।

उनी अनामनगरस्थित एक अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन् । 

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् । उनी ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट