कार दुर्घटनामा परेर बिर्तामोड एमाले अध्यक्षको निधन-Sutra News

कार दुर्घटनामा परेर बिर्तामोड एमाले अध्यक्षको निधन

शुक्रबार, २५ असार २०७८

शुक्रबार, २५ असार २०७८

नेकपा (एमाले) विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको आज कार दुर्घटनामा निधन भएको छ ।



उनी आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ चन्द्रगढीस्थित मेची लोकमार्गमा रहेको देवकोटाको शालिकमा बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा पु¥याइएको थियो ।

चिकित्सकका अनुसार प्रसाईँको आजै निधन भएको छ । दुर्घटनामा उहाँको टाउँको, बायाँ खुट्टा र शरीरको भित्री भागमा चोट लागेको चिकित्सकले बताएका छन् ।

उनकी पत्नी पवित्रा महतरा विर्तामोड नगरपालिकाकी हुन् । मेची प्रादेशिक अस्पतालमा शव परीक्षण जाँचपछि उनको पार्थिव शरीरलाई कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट